डोटीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
डोटी | बैशाख १२, २०८१
डोटीः डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
कैलालीबाट डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको भएको भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छिन्।
बुधवार बिहान भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका दुवै श्रीमान–श्रीमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ।
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

